मनहरी–बैशाख २१ गते । कोभिड १९ को दोस्रो लहर सुरु भएर चरम महामारी फैलिएपछि प्रदेशभरिका रासन कार्डधारीहरुलाई सरकारको तर्फबाट निःशुल्क खाना खुवाउने घोषणा गरिएको छ ।

यो खबर नेपालको होइन, भारतको राजधानी दिल्लीको हो । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले रासन कार्डधारीहरुलाई दुई महिना निःशुल्क खाद्यान्न उपलब्ध गराउने र अटो चालकका लागि पाँच हजार रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री केजरीवालले सबै ७२ लाख रासन कार्डधारीहरूलाई दुई महिना निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनु भएको हो ।

यसैगरी दिल्लीका सबै अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ सहयोग गर्ने दिल्ली सरकारले घोषणा गरेको छ ।

संकटको यो स्थितिमा थोरै भएपनि राहत दिने उद्देश्यले अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ प्रदान गरिएको मुख्य मन्त्री केजरीवालको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here