मनहरी–बैशाख २० गते । मनहरी गाउँपालिका ७ स्थित नेपाल चेपाङ संघको निर्माणाधीन भवनको प्रदेश सभा सदस्य सन्तबहादुर चेपाङ (प्रजा) ले अनुगमन गर्नु भएको छ ।

भवन निर्माणमा ढिलासुस्ती भइरहेको भन्ने गुनासाहरु सुनिएपछि सांसद चेपाङले भवनको निर्माण अबस्थाबारे जानकारी लिनु भएको हो । उहाँसँगै नेपाल चेपाङ संघ मकवानपुरका सचिव प्रताप चेपाङ, मनहरी गाई कार्यकारिणी समितिका अध्यक्ष प्रकाश चेपाङ लगायतको सहभागिता रहेको थियो ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक लगानीमा चालू आर्थिक बर्षमा भवनको माथिल्लो तला निर्माण थालिएको हो । माथिल्लो तलामा कार्यालय तथा सभा निर्माण र तल्लो तलामा व्यवस्थित शौचालय निर्माणका लागि २५ लाख रुपियाँ बिनियोजन भएको हो ।

बिनियोजित रकमको कार्यान्वयनको अबस्थाबारे जानकारी लिँदै सांसद चेपाङले जतिसक्दो काम सक्नुपर्ने धारणा ब्यक्त गर्नु भयो । चेपाङले नेतृत्व गरेको उपभोक्ता समितिहरुमाथि पटक पटक प्रश्न चिन्ह खडा हुनेगरेको स्मरण गर्दै सांसद चेपाङले भन्नुभयो–‘के कति कारणले ढिलाई भयो भन्नेबारे समिक्षा गर्न तत्कालै संघको बैठक राख्नु जरुरी देखियो ।’

समयमै योजना सम्पन्न गर्न नसकेमा आगामी दिनमा समेत योजना छनौट गर्न र कार्यान्वयन प्रक्रियामा जान नसकिने भएकाले जतिसक्दो छिटो काम सक्नुमै कल्याण हुने उहाँको भनाई थियो ।

उहाँले स्थानीय व्यक्तिहरुसँग पनि कुराकानी गरी कामको बारेमा जानकारी लिनु भएको थियो । उहाँ संघका पूर्व जिल्ला अध्यक्ष समेत हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here