राक्सिराङ–बैशाख १२ गते । शिकारीले लखेट्दै गाउँ पु¥याएको रतुवा मृग राक्सिराङ गाउँपालिका ३ पलाँसेबाट उद्धार गरिएपनि बचाउन सकिएन ।

आइतबार बिहान पलाँसेमा गाउँलेहरुले घाइते अबस्थामा फेला पारेर डिभिजन वन कार्यालय राप्ती मनहरीलाई बुझाएको रतुवा मृग उद्धार गरेर उपचारका लागि अस्पताल पु¥याउने बित्तिकै मरेको हो ।

दुई ठाउँमा गोली लागेको अबस्थामा पलाँसे बस्तीमा रन्थनिएर छिरेको मृगलाई उद्धार गरी उपचारको लागि चितवनको सौराहस्थित वन्यजन्तु अस्पताल लगिएको थियो । तर, अस्पताल पु¥याइएको केही बेरमै मृगको मृत्यु भएको डिभिजन वन कार्यालय राप्तीका सहायक वन अधिकृत दिनेश हुमागाईले बताउनुभयो ।

गाउँलेले घाइते मृग देखेपछि नियन्त्रणमा लिई वन कर्मचारीलाई खबर गरेर बुझाएको समाजसेवी बीरेन्द्र जिम्बाले जानकारी दिनुभयो । घाइते मृग शिकारीले शिकार गर्ने उद्देश्यले गोली हानेर लखेटेको र आँत्तिएर बस्तीमा छिरेको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here