मनहरी–बैशाख १२ गते । भात पकाउने तरखरमा रहेका बाबुलाई छोराले बन्चरोले हानेर मारेको खबर छ । यो घटना मकवानपुरको विकट कैलाश गाउँपालिका वडा नं ३ कटुन्जेमा भएको हो ।

३० बर्षीय छोरा अन्जन सापकोटाको बन्चरो प्रहारबाट उनका बाबु ५० बर्षीय बलराम सापकोटाको घटनास्थलमै ज्यान ३ नं वडाध्यक्ष देवलाल बलले जानकारी दिनुभयो ।

घरमा बाउछोरा मात्रै रहेका बेला बिहान ८ बजेको समयमा घटना भएको हो । छोरा अन्जनलाई स्याउला काट्न जंगल जान अह्राएका बावु बलरामले घरभित्र पसेर खाना पकाउने तयारी गरिरहेका थिए । सोही क्रममा एक्कासी घरभित्रै बन्चरो प्रहार भएको र लखेट्दै घरबाहिर ल्याएर पटक पटक बन्चरो प्रहार भएपछि घटनास्थलमा बाबुको मृत्यु भएको पाइएको कैलाश गाउँपालिका ३ नं वडाध्यक्ष देवलाल बलले जानकारी दिनुभयो ।

घटनापछि भार्ता प्रहरी चौकी र इलाका प्रहरी कार्यालय मनहरीका प्रहरीले अन्जनलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ । मृतकको शव र पक्राउ परेका अन्जनलाई इलाका प्रहरी कार्यालय मनहरी ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here