हेटौँडा–बैशाख ११ गते । सर्वाेच्च अदालतको आदेशले नेपाल कम्युनिष्ट खारेज गरी नेकपा एमाले पुनस्र्थापित गरेसँगै भ्रातृ संगठन गठन, पुनर्गठन कार्यले निरन्तरता पाएको छ ।

यसै सन्दर्भमा युवा संघ मकवानपुरका उपाध्यक्ष किरणमान बलको संयोजकत्वमा युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटी गठन भएको छ । युवा संघ मकवानपुरको शनिबार भएको बिस्तारित बैठकले जिल्ला कमिटीको सचिवको जिम्मेवारी सगुन स्याङ्तानलाई दिएको छ ।

बिस्तारित बैठकले रिक्त रहेका पदहरुमा समेत सदस्यहरु थप गरी १५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको सचिव सगुन स्याङ्तानले जानकारी दिनु भएको छ । बैठकको प्रमुख आतिथ्यता गर्दै नेकपा एमाले केन्द्रीय सदस्य केदार न्यौपानेले अनुशासनसहितका युवाहरुले बिग्रँदै गएको कम्युनिष्ट आन्दोलनलाई जोगाउन सक्ने बताउनुभयो ।

उहाँले सही र गलत बुझेर अघि बढ्नुपर्ने भन्दै विश्लेषणात्मक आलोचनात्मक भएर अघि बढ्न सक्ने युवाहरु सफलता उन्मुख हुने बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री एबम् एमाले केन्द्रीय सदस्य तथा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, नेकपा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, युवा संघ केन्द्रीय सचिव आरती पाठक, केन्द्रीय सचिवालय सदस्य प्रकाश बानियाँ, केन्द्रीय सदस्यहरु गोविन्द दुलाल, राजप्रकाश भण्डारी, समिर स्याङ्तान लगायतको सहभागिता रहेको थियो ।

बिस्तारित बैठकले स्थानीय तहमा कमिटीको बिस्तार लगायत राजनीतिक योजना निर्माण गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here