हेटौँडा–बैशाख ११ गते । नेकपा एमाले ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरमा देखिएको विवाद चरम बनेको छ ।

अनेरास्ववियुका केन्द्रीय सदस्य आशिष अस्लामी मगर पक्षले बोलाएको बैठकको सूचना ।

जेठको पहिलो साता अधिवेसन बोलाइएको अबस्थामा संयोजक किसन घिसिङको राजीनामा आएको र सह संयोजक बिशाल पौडेललाई संयोजक तोकिएको बिषयले ओली समूहबीचै फाटो आएको हो ।

किसन घिसिङको राजीनामापछि चुनिएका संयोजक बिशाल पौडेल पक्षले होटलमा बोलाएको कार्यालय टिमको बैठक सम्बन्धी सूचना ।

अधिबेसनमार्फत नेतृत्व हस्तान्तरण गर्नुपर्ने परिस्थितिमा हठात् राजीनामा गरी पौडेललाई संयोजक तोकिने बिषय अनेरास्ववियुको विधानमै नरहेको भन्दै बिधि र पद्धतिको कुरा एकाथरि विद्यार्थी नेताहरुले उठाएका छन् । उनीहरुले जिल्ला इन्चार्ज सन्तोष पौडेलसहितका केन्द्रीय सदस्यहरु र केन्द्रीय कार्यालय टिमका सदस्य महेश बर्तौलालाई समेत जानकारी नदिई गरिएको निर्णय अबैधानिक भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

यसैबीच किसन घिसिङको राजीनामापछि खाली रहेको संयोजक पदमा पदपूर्ति गर्न भन्दै केन्द्रीय सदस्य आशिष अस्लामी मगर पक्षधरले बैशाख १२ गते नेकपा एमाले मकवानपुर कार्यालयमा पूर्ण बैठक आह्वान गरेको छ ।

सामाजिक सञ्जालमा मगरले बैठकको प्रस्तावसहित उल्लेख गरेका छन् । त्यसो त घिसिङको राजीनामापछि नयाँ संयोजक बन्नु भएका बिशाल पौडेलले कार्यालय टिमको बैठक भनेर एक होटलमा बैठक आह्वान गर्नु भएको छ । सामाजिक सञ्जालमार्फत आह्वान गरिएको बैठक कार्यालय सदस्यहरुको लागि मात्र रहेको बताइएको छ ।

यसरी ओली समूहकै विद्यार्थीबीच मारामारको अबस्था आएको छ । ओली गुटभित्र उपगुटको चलखेल धेरै हुन थालेपछि त्यहाँभित्र पनि विधि, विधान र पद्धतिको खोजी सुरु भएको छ । अमुक नेताहरुको निर्देशनमा दुबै पक्षका विद्यार्थीहरु अघि बढिरहेको बताइन्छ । जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले समर्थन गरेका विद्यार्थी समूह र एकालाल श्रेष्ठको विपक्षमा रहेका नेताहरुले समर्थन गरेका विद्यार्थीहरु विवाद चर्कँदै गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here