हेटौँडा–बैशाख १० गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरमा माधव नेपाल पक्षलाई कमजोर बनाउले लक्ष्यका साथ अघि बढेको ओली समूह नै विवादमा फसेको छ ।

केन्द्रीय सदस्य आशिष अस्लामीको प्रतिक्रिया ।

नेकपा एमाले ब्युताउँने अदालतको आदेश बिपरित अध्यक्ष दाबी गर्दै आइरहेका एकलाल श्रेष्ठको टिम र एकालाल श्रेष्ठलाई मन नपराउने टिमबीच द्वन्द्व चरम उत्कर्षमा छ ।

यस्तै विवादको एउटा छेस्को शुक्रबार उदांगिएको छ अनेरास्ववियु मकवानपुरमा । ओली समूहको अनेरास्ववियुले किसन घिसिङको अध्यक्षतामा गठित ८१ सदस्य अनेरास्ववियु जिल्ला कमिटीको अधिबेसन आउँदो जेठ १ गतेलाई बोलाएको छ । तर, जेठ १ गते आउन २१ दिन बाँकी नहुँदै घिसिङले राजीनामा दिएर सह संयोजक बिशाल पौडेललाई संयोजक घोषणा गरिएपछि विवादले चर्काे रुप लिएको अनेरास्ववियुका नेताहरु बताउँछन् ।

अनेरास्ववियुका नेता प्रमोद फुयालले बैठकको निर्णयको पक्षमा दिएको प्रतिक्रिया ।

कतिसम्म भने शुक्रबार बसेको भनिएको जिल्ला कमिटी बैठकमा ८ जना मात्रै उपस्थित रहेको स्रोत बताउँछ । बाँकी १० जनालाई घरघरै पु¥याएर १८ जनाले साँझसम्ममा हस्ताक्षर गरेको स्रोतको भनाई छ । केही विद्यार्थी नेताहरुले रातभरमा हस्ताक्षर गर्नेको संख्या ४१ जना पु¥याउने लक्ष्यका साथ माइन्युट दौडाइरहेको बताइएको छ ।

घत लाग्दो कुरा त के भने जिल्ला कमिटी र्बैठक र नेतृत्व हस्तान्तरणका सम्बन्धमा पूर्व केन्द्रीय उपाध्यक्ष तथा हालका कार्यलय सदस्य महेश बर्ताैला, जिल्ला इन्चार्ज सन्तोष पौडेल अनभिज्ञ छन् । त्यसैगरी संक्रमणकालीन अबस्थामा जिल्लाको रिपोर्टिङ लगायतका जिम्मेवारी पाएका अर्का केन्द्रीय सदस्य आशिष अस्लामी मगरसहित नवीन मिश्र र नितेष लामिछानेहरु जिल्ला कमिटीको बैठकबारे जानकार छैनन् ।

केन्द्रीय सदस्य अस्लामीले फेसबुकबाट अबैधानिक ढंगबाट भएको बैठकबारे पार्टी अध्यक्ष, इन्चार्ज लगायतको ध्यानार्षण गराउनु भएको छ । उहाँले जिल्ला युवा परिषदका अध्यक्ष शिवहरि दाहालको संलग्तामा यी सबै गतिविधिहरु भइरहेको आरोप लगाउनु भएको छ । यद्यपि, अनेरास्ववियुको जिल्ला कमिटीको बैठक बसिरहँदा पार्टी सचिव लालबहादुर थापा पनि सहभागी हुनु भएको बुझिएको छ ।

यता अनेरास्ववियुका नेता प्रमोद फुयालले बैठकको निर्णयको पक्षमा फेसबुकमा प्रतिक्रिया दिँदै संयोजक बिशाल पौडेललाई बधाई दिनु भएको छ । उहाँले अध्यक्षभन्दा कम पद नमाग्ने र संगठनको सिन्को नभाँच्नेहरु भन्दै बैठकको निर्णय बिरोधीको कटाक्ष गर्नु भएको छ ।

अनेरास्ववियुको यो विवादसँगै ओली गुटभित्रको असन्तुष्टि छरपस्ट भएको छ । सुनिए अनुसार तत्कालीन एमाले सचिव एकालाल श्रेष्ठलाई जबरजस्त रोयल पार्टी प्यालेसबाट अध्यक्ष घोषित गरिएपछि मुख्यमन्त्री डोरमणि पौडेल पक्षका नेताहरु खुसी छैनन् ।

अध्यक्ष मुनु सिग्देलमाथि गरिएको आर्थिक टिप्पणी र आरोप तथा असान्दर्भिक कारबाहीका घटनाले पनि अध्यक्ष घोषित श्रेष्ठको व्यक्तित्व घट्दो मात्र छैन, उहाँमाथि चौतर्फी घेराबन्दी सुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here