हेटौँडा–बैशाख ६ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानुर जिल्ला कमिटीमा नयाँ सदस्यहरु थप गरिएको छ ।

जिल्ला अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले रिक्त पदहरुमा सदस्यहरु मनोनयन गरी जिम्मेवारी प्रदान गरेको हो ।

जिल्ला अधिवेसनबाट निर्बाचित सचिव एकालाल श्रेष्ठ पार्टीको विधिपद्धति मिचेर समानान्तर गतिविधि गर्न थालेपछि केही जिल्ला सदस्यहरुले बैठकमा उपस्थित हुन छाडेका थिए । कमिटीलाई पूर्णता दिनका लागि नयाँ सदस्य थप गरिएको नेकपा एमाले मकवानपुरले जनाएको छ । तत्कालीन जिल्ला अधिवेसनमा निर्बाचित नेकपा एमालेको अध्यक्ष सिग्देल, उपाध्यक्ष बद्रीप्रसाद लम्साल, सचिव एकालाल श्रेष्ठ र सहसचिव मीना लामा हुनु्हुन्थ्यो । चार पदाधिकारीमध्ये अहिले श्रेष्ठ बाहिरिनु भएको छ । उहाँको स्थानमा बिष्णुप्रसाद ढकाल यसअघि नै चुनिनु भएको छ ।

सबै क्षेत्र, भूगोल, जनसंगठनहरुबाट समेटिने गरी रिक्त रहेका कोटामा जिल्ला सदस्यहरुको पदपूर्ति गरिएको अध्यक्ष सिग्देलले बताउनुभयो । साथै बैशाख महिनाभरमा मकवानपुरका १० वटै पालिकाहरुमा पार्टी कमिटी निर्माण गरी अधिबेसनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया पनि अघि बढ्ने गरी कार्ययोजना निर्माण गरिएको अध्यक्ष सिग्देलले बताउनुभयो ।

उहाँले बैशाख भित्रैमा युवा, विद्यार्थी, मजदुर, खेलकुदसहित जनसंगठनका जिल्ला कमिटीहरुले पनि पूर्णता पाउने गरी काम अघि बढाइएको बताउनुभयो । केन्द्रमा देखिएको एमाले विवादका कारण जिल्लामा पनि समानान्तर कमिटी गठन गरेर केही व्यक्तिहरु आत्मरतिमा रमाइरहेको अध्यक्ष सिग्देलले बताउनुभयो ।

अदालतको फैसलाले केन्द्रीय कमिटी ब्युँझदा केपी ओली अध्यक्ष हुने, जिल्लामा चाहिँ अर्कैले अध्यक्ष दाबी गर्दै हिँड्ने तरिका हाँस्यास्पद रहेको उहाँको भनाई थियो ।
बैठकमा केन्द्रीय सदस्य केदार न्यौपाने, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिरोध खतिवडा, केन्द्रीय प्रतिनिधि सूर्यचन्द्र न्यौपाने प्रदेश कमिटीका सदस्य गोमा तिमल्सिना, भगवती पुडासैनी लगायतको सहभागिता रहेको थियो ।

यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टीको मात्र संरचना मकवानपुरका १० वटा स्थानीय तहमा रहेको थियो । अब एमाले ब्यूँतिएपछि धमाधम पुरानै हिसाबमो संरचनाहरु निर्माण गरी प्रशिक्षण, भेला लगायतका राजनीतिक गतिविधिहरु तीब्र रुपमा अघि बढ्ने नेकपा एमालेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here