मनहरी–बैशाख ४ गते । पूर्वपश्चिम राजमार्गको मनहरी बजार क्षेत्रमा कुनै पनि सबारी साधनमा लापारबाहीपूर्वक यात्रा गर्दै हुनुहुन्छ ? वा जनहीत बिपरित क्रियाकलाप गर्दै हुनुहुन्छ ?
यदि त्यसो हो भने तपाई अब ट्राफिक प्रहरीको कारबाहीमा पर्दै हुनुहुन्छ ।

ट्राफिक प्रहरी चेकजाँच ।

ट्राफिक प्रहरी कार्यालय मनहरीले निरन्तर रुपमा तीनसातादेखि सबारी चेकजाँच र ट्राफिक सचेतनाका कामलाई निरन्तरता दिइरहेको छ । प्रहरी नायब निरीक्षक कृष्ण ज्यू ठकुरीको नेतृत्वमा अहिले इलाका प्रहरी कार्यालय मनहरीमा नियमित र अन्य क्षेत्रमा छड्के जाँच भइरहेको छ ।

ट्राफिक प्रहरी चेकजाँच ।

ठकुरीको नेतृत्वमा रहेको ट्राफिक प्रहरीले सबारी जाँचलाई कडाई गर्दै नियमित रुपमा जरिबाना संकलन गरिएको छ । अहिले कम्तीमा ३५ हजार रुपियाँ र बढीमा ५५ हजार रुपियाँसम्म जरिबाना गराई राजश्व संकलन भइरहेको छ ।

ट्राफिक प्रहरी चेकजाँच ।

यद्यपि राजश्व संकलनमा जोड दिने भन्दा पनि नियमानुसार सबारी चलाउनका लागि चालक र सबारी धनीलाई उत्प्रेरित गर्ने उद्देश्य रहेको प्रहरी नायब निरीक्षक ठकुरी बताउनुहुन्छ । ‘हामीले सबारी जाँच गरेर राजश्व बृद्धि गर्ने लक्ष्य राखेको होइनौँ’, ठकुरी भन्नुहुन्छ–‘चालकहरु नियममा रहनुस्, कागजात चुस्त दुरुस्त होस् भन्ने चाहना हो ।’

ट्राफिक प्रहरी चेकजाँच ।

तीनसाताको अबधिमा यस क्षेत्रमा अटो रिक्सा चलाउने १७० जना चालहरुहरुलाई ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको, केही टिपर चालकहरुलाई पनि ट्राफिक नियमसम्बन्धी सचेतनामुलक कार्य गरिएको ठकुरीले जानकारी दिनुभयो ।

यसैगरी ट्राफिक प्रहरीले मनहरी खोलाको किनार भएर ऋद्धिसिद्धि सिमेन्ट उद्योग र लालीगुराँश सिमेन्टको ढुंगा ढुवानी गर्ने टिपरहरुको ओभरलोड नियन्त्रण गर्ने प्रयास गरेको छ । अनिबार्य त्रिपालको व्यवस्था गर्ने र ओभर लोड गरिएका ढुंगालाई डोजर प्रयोग गरी अनलोड गराउने कार्य समेत गरिएको ट्राफिक प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

यद्यपि मनहरी ट्राफिक कार्यालयमा प्रहरी नायब निरीक्षकसहित जम्मा तीन जनामात्रै जनशक्ति रहेको छ । कम जनशक्ति भएकाले ट्राफिक व्यवस्थापन कार्यमा जनपद प्रहरीले पनि सहयोग गर्ने गरेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बिनोद श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here