मनहरी–बैशाख १ गते । विद्यालयको शैक्षिक र भौतिक सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच त्रिकोणात्मक सम्बन्ध कायम हुनुपर्ने मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनु भएको छ ।

मनहरी गाँउपालिका ७ स्थित राष्ट्रिय रोटरी माबिको २५ औ अभिभावक भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले स्थानीय सरकार गठन भएर शिक्षाको समेत जिम्मेवारी लिएर अघि बढिरहँदा थुप्रै उपलब्धीहरु हासिल भएको समेत दाबी गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष शालिकराम बानियाँको समाध्यक्षमा भएको अभिभावक बेलामा कक्षा १ देखि ९ सम्म प्रथम, द्वित्तीय र तृत्तीय हुने विद्यार्थीलाई पुरस्कार बितरण गरिएको थियो भने विद्यार्थीहरुका तर्फबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो ।

कार्यक्रममा मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटा विशेष अतिथि हुनुहुन्थ्यो भने अतिथिहरुमा राष्ट्रिय माबि सुनाचुरीको प्रधानाध्यापक सुर्य बहादुर मोक्तान, राष्ट्रिय आधारभुत विद्यालय बिजौना रमन्टारका प्रधानाध्यापक चन्द्रकान्त रिमाल, विद्यालय व्यवस्थापन व्यवस्थापन समिति पूर्व सदस्य एबम सञ्चारकर्मी शिवकुमार रिजाल काशी, क्युपेक नेपाल मनहरी गाँउपालिका अध्यक्ष गोबिन्द गलान, मनकामना सामुदायिक वनको तर्फबाट विमला गलान, रेडक्रसको प्रतिनिधि नमराज सुवेदी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्द्रमान चेपाङ, गौतम लामा, सुरेन्द्र बहादुर शाह व्यवस्थापन समितिका अन्य सदस्यहरु सहभागी हुनुहुन्थ्यो । विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक गोविन्दप्रसाद पौडेलले प्रस्तुत गर्नु भएको थियो ।

यसैबीच सोही भेलाले शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । बाबु थिङको अध्यक्षतामा ११ सदस्यीय संघको गठन गरिएको हो । भेलाले विद्यालय सहायता कोष गठन गर्ने निर्णय समेत गरिएको विद्यालयको सह प्रधानाध्यापक साधुराम रिजालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here