मनहरी–बैशाख १ गते । पर्सा राष्ट्रिय निुकन्जको मध्यवर्ती क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खान र बस्ने व्यवस्था मिलाउनका लािग मनहरी ७ रमौलीमा मध्यवर्ती सामुदायिक लज संचालनमा आएको छ ।

पर्सा राष्ट्रिय निकुन्ज र मनहरी गाउँपालिकाको लगानीमा निर्माण भएको मध्यवर्ती सामुदायिक लज नयाँ बर्षसँगै सुचारु गरिएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङले जानकारी दिनुभयो ।

लजमा ४ वटा एट्याच बाथरुम सहितको लिभिङ रुम रहेका छन् । साथै स्थानीय जातको माछा, लोकल कुखुरा, हाँस, तामा, गुन्द्रुक, ढिँडो लगायत मौलिक परिकारसहितको रेस्टुरेन्ट पनि सञ्चालनमा आएको छ । घुम्न आउने पर्यटकहरुले प्रति कोठा प्रति रात एक हजार रुपियाँ तिरेर आनन्दसँग बस्न सकिने अध्यक्ष तितुङले जानकारी दिनुभयो । कोठामा दुईवटा डबल बेड राखिएका छन् ।

छिट्टै नै हात्तीको सुँढको पानीबाट नुहाउने व्यवस्था गर्ने तयारी भएको अध्यक्ष तितुङले जानकारी दिनुभयो । अहिले पनि पर्सा राष्ट्रिय निकुन्ज क्षेत्र घुम्नका लागि हात्तीको व्यवस्था गरिएको छ । हात्ती चढेर जंगल सफारीको व्यवस्था नियमित भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here