काठमाडौँ । चैत १६ गते । लामो समय खाडी मुलुकमा रहेर पत्रकारिता अनुभव संगालेका हेटौँडा युवा पत्रकार होम कार्कीले लेख्नु भएको पुस्तक ‘सनैया’ सार्बजनिक भएको छ ।
कान्तिपुरमा कार्यरत पत्रकार कार्की हेटौँडा ८ निबासी हुनुहुन्छ । उ

उहाँ कान्तिपुरकै लागि काम गर्न केही बर्ष अघि कतार जानु भएको थियो । कतारमा कान्तिपुर पत्रिकाको प्रवास संस्करण प्रकाशन हुने गर्दथ्यो ।

खाडी मुलुकमा काम गर्दाताका त्यहाँ काम गर्ने ५४० जना कामदारसँग गरिएको कुराकानी र अन्तरवार्तालाई आधार मानी कार्कीले ‘सनैया’ लेखन गर्नु भएको हो ।

पुस्तक सार्बजनिक भएपछि प्रतिक्रिया दिँदै कार्कीले भन्नु भएको छ–‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारहरुलाई भेटेर फर्कन्थें, त्यो रात मेरो निद्रा भाग्थ्यो । फिटिक्कै निदाउन सक्दिनथें । बन्द गरेका आँखावरिपरि उनीहरु झल्झली घुमिरहन्थें । ती झझल्कोहरुलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो ।’

‘सनैया’ किताब पब्लिसर्सले बजारमा ल्याएको हो । पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरुको उत्पीडन र सङ्घर्षको चक्रलाई भिन्न–भिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गरिएको प्रकाशकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here