मनहरी । चैत १६ गते । मनहरी र राक्सिराङ गाउँपालिकामा सञ्चालित निजी तथा आवासीय विद्यालय २०७७ चैत २२ गतेबाट मात्रै खोल्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) मनहरीले पत्राचार गरेको छ ।

चैत १६ गते प्याव्सन मनहरीद्वारा प्रेषित पत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले धुलो धुँवा र वातावरण प्रतिकूल रहेकाले चैत २० गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएकाले मनहरीका सबै निजी तथा आवासीय विद्यालय बन्द गर्न अनुरोध गरिएको छ ।

प्याव्सनले चैत २२ गते आइतबारदेखि मात्रै नियमित अध्ययन र पूर्व निर्धारित परिक्षाका कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको । प्याव्सन मनहरी अन्तर्गत राक्सिराङ गाउँपालिकाका १ समेत गरी ७ वटा वटा विद्यालय आवद्ध रहेको छ ।

यसअघि मनहरी प्याव्सन अन्तर्गतका विद्यालयहरुमा चैत १७ गते मंगलबारबाट अन्तिम त्रैमासिक परिक्षा सञ्चालन गर्ने तालिका सार्बजनिक गरेको थियो । अब अन्तिम त्रैमासिक परिक्षा चैत २२ गतेबाट सञ्चालन गरिने प्याव्सन मनहरीका सचिव यदुनाथ श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here