मनहरी । चैत १५ गते । नेपाल कम्युनिष्ट पार्टी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघ मनहरी गाउँ कमिटीको अध्यक्षमा देवकी ढुंगाना चयन हुनु भएको छ ।
मकवानपुर पार्टी अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको भेलाले ५१ सदस्यीय गाउँ कमिटी निर्माण गरेको हो । उपाध्यक्षमा पवित्रा कार्की र गुराँश राई, सचिवमा अप्सरा ढुंगाना, कोषाध्यक्षमा बिष्णुमाया तितुङ र सहसचिवमा मनिषा स्याङ्तान चयन हुनु भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, अखिल नेपाल महिला संघकी नेतृ एबम् एमाले जिल्ला कमिटी सदस्य सीता बानियाँ, चन्द्रकुमारी भुसाल, एमाले जिल्ला कमिटी सदस्य गौतम लामा, एमाले गाउँ कमिटीका तर्फबाट नारायण श्रेष्ठ तथा निर्वाचित जनप्रतिनिधि महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष मुनु सिग्देलले महिलाहरु कसैका दासका रुपमा रहन नहुने र कम्युनिष्ट विचारधाराले नै महिलाहरुको स्वतन्त्रताको प्रत्याभूति गर्ने बताउनुभयो । उहाँले सचेत, इमान्दार र अग्रगामी विचार बोक्ने महिलाहरु अब संगठित हुँदै अघि बढ्नुपर्नेमा समेत जोड दिनुभयो ।