हेटौँडा । चैत १३ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यनियन (अनेरास्ववियु ) मकवानपुर जिल्ला कमिटीको अध्यक्षमा अरुण बर्तौला चुनिनु भएको छ ।

मकवानपुर बहुमुखी क्याम्पसमा आयोजित समारोहमा जिल्ला कमिटी घोषणा गरिएको हो । कमिटीमा ८१ जना विद्यार्थी नेताहरु अटाउनु भएको छ ।

लामो समयदेखि विद्यार्थी हक हीतका क्षेत्रमा शून्य काम भइरहेको सन्दर्भमा अनेरास्ववियु गठनसँगै संगठन चलायमान हुने अनेरास्ववियुका नेताहरुले बताएका छन् । नेकपा एमालेकी सहसचिव तथा विद्यार्थी इन्चार्ज मीना लामा, जिल्ला सचिवालय सदस्य इश्वर ढुंगाना र अनेरास्ववियुका केन्द्रीय सचिव किशोर टण्डको उपस्थितिमा जिल्ला कमिटी घोषणा भएको हो ।

कमिटीको उपाध्यक्षमा शिशिर पराजुली र अमृत बर्तौला रहनु भएको छ । त्यसैगरी सचिवमा आकाश अधिकारी, सह सचिवमा कृष्ण चन्द्र पुरी, जोशिना बर्तौला, निर्मल सापकोटा, एसके शर्मा कडेल, उज्ज्वल बर्तौला र रमा देवकोटा चयन हुनु भएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष बर्तौलाले अब जिल्लाभर विद्यार्थी हकहीतको पक्षमा काम अघि बढ्ने र संगठन निर्माणले पनि निरन्तरता पाउने बताउनुभयो ।

कार्यक्रममा मकवानपुरका सबै क्याम्पस कमिटी र स्थानीय तहका संयोजक तथा सह संयोजक समेत तोएिको सचिव अधिकारीले जानकारी दिनुभयो ।

जस अनुसार मकवानपुर बहुमुखी क्याम्पस कमिटी संयोजकमा मनिष गौतम र सहसंयोजकमा विश्वास पराजुली रहनु भएको छ । हेटौँडा क्याम्पस कमिटीको संयोजकमा अन्जन खड्का र सहसंयोजकमा शंकर लामा, वन विज्ञान अध्ययन संस्थान (फरेस्ट्री क्याम्पस) संयोजकमा विमल सापकोटा र सहसंयोजकमा सुसन विश्वकर्मा रहनु भएको छ । मनहरी बहुमुखी क्याम्पस कमिटी संयोजकमा कुमार घिसिङ, निर्मल बहुमुखी क्याम्पस संयोजकमा कल्पना ब्लोन र सहसंयोजकमा सरुवा वाइबा रहनु भएको छ ।

त्यसैगरी स्थानीय तहतर्फ हेटौडा उपमहानगरपालिका संयोजकमा सुपेन लामा र सहसंयोजक रोजन घिमिरे, मनहरी गाउँपालिका संयोजकमा बासु बर्ताैला र सहसंयोजकमा अनुजा गुरुङ्ग चुनिनु भएको छ ।

राक्सिराङ गाउँपालिका संयोजकमा यानेन्द्र थिङ र सहसंयोजकमा पवन प्रजा चुनिनु भएको छ । त्यसैगरी कैलाश गाउँपालिका संयोजकमा मनिष बर्ताैला, थाहानगरपालिका संयोजकमा मनिष लामा, इन्द्रसरोबर गाउँपालिका संयोजकमा रमा देवकोटा, भीमफेदी गाउँपालिका संयोजकमा सुदन विश्वकर्मा, मकवानपुरगढी गाउँपालिका संयोजकमा इन्द्रप्रसाद लम्साल र सहसंयोजकमा सन्चमान भोलन, बकैया गाउँपालिका संयोजकमा शंकर लामा, कृषि तथा वन विश्व विद्यालय संयोजकमा निरन्जन रिजाल, पालुङ बहुमुखी क्याम्पस संयोजकमा सुशान्त रुम्बा चयन हुनु भएको अनेरास्ववियु मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here