तालिममा सहभागीहरु ।

मनहरी चैत १० गते ।

राक्सिराङ गाउँपालिकाका युवाहरुलाई व्यवसायिक बाख्रापालन तालिम प्रदान गरिएको छ ।
एडब्लुओ इन्टरनेशनलको सहयोगमा नारी सीप सृजना केन्द्र हेटौँडाले सञ्चालन गरेको मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजना अन्तर्गत तालिम प्रदान गरिएको हो ।

२ दिने व्यवसायिक बाख्रापालन तालिम युवाहरु विदेश पलायन हुन रोक्ने र गाउँमै व्यवसायिकता प्रदर्र्शन गर्ने लक्ष्यका साथ आयोजना गरिएको हो । तालिममा बाख्रापालनको व्यवसायिकता, व्यवसायिक फर्म दर्ता, पौष्टिक आहार, खोर निर्माण लगायतका बिषयहरुमा ज्ञान हस्तान्तरण गरिएको थियो । साथै स्थानीय सरकारले पशुपालक किसानहरुका लागि दिइरहेको सहुलियत र सुविधाहरुका सम्बन्धमा पनि तालिममा सहजीकरण गरिएको कार्यक्रम संयोजक ज्योति बम्जनले बताउनुभयो ।

मनहरीमा आयोजित आवासीय तालिममा राक्सिराङ गाउँपालिका वडा नं १, २, ३, ४ र ५ का गरी ३१ जना युवाहरु सहभागी हुनुहुन्थ्यो । तालिमको सहजीकरण अजय बर्ताैलाले गर्नु भएको थियो । तालिममा सहभागीहरुलाई व्यवसायिक बाख्रापालनका लागि बाख्रा अनुदान दिने तयारी गरिएको कार्यक्रम संयोजक बम्जनले जानकारी दिनुभयो ।

युवाहरु विदेश वा स्वदेशका अन्यत्र स्थानमा गएर काम गर्नुपर्ने बाध्यता रहेका कारण बेचबिखनमा पर्ने र जोखिममा पर्ने भएकाले गाउँमै स्वरोजगारी सिर्जना गरी असुरक्षित स्थानागमनलाई रोक्नका लागि नारी सीप सृजना केन्द्रले परियोजना सञ्चालन गरी सचेतनामुलक र सीपमुलक कार्यक्रमहरु गरिरहेको केन्द्रकी अध्यक्ष सरस्वती बर्ताैलाले जानकारी दिनुभयो ।

परियोजना बागमती गाउँपालिका वडा नं १, २, ३, ४ र ५ तथा राक्सिराङ गाउँपालिका वडा नं १, २, ३, ४ र ५ मा लागू भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here