हेटौँडा । चैत १० गते । नेपाल पत्रकार महासंघ मकवानपुरको चैत २५ गते हुन गईरहेको निर्वाचनमा अध्यक्षमा पत्रकार राजन दाहाल ‘रसिक’ ले उम्मेद्वारी दिने भएका छन् ।

विगत १५ वर्ष देखि पत्रकारिता क्षेत्रमा सक्रिय दाहाल मकवानपुरका श्रमजिवी पत्रकारहरुको नेताको रुपमा परिचित छन् ।
हेटौंडा सन्देश दैनिकबाट पत्रकारिता सुरुवात गरेका दाहालले रेडियो पालुङ, आदर्श दैनिक समाज पोखरा, सौर्य दैनिक, कमाण्डर पोष्ट, आर्थिक समाचार दैनिकमा काम गरिसकेको अनुभव बटुलेका छन् ।

उनी एकदशक देखि एभिन्युज टेलिभिजनमा मकवानपुर संवाददाताको रुपमा रहेका छन् । उनले अहिले अनलाईनखबर समेत काम गरिरहेका छन् । यस्तै हेटौंडाबाट प्रकाशित भईरहेको थाहा दैनिकको प्रकाशक÷सम्पादकको भुमिका निर्वाह गरिरहेका उनी खेलकुद पत्रकार मञ्च मकवानपुरको अध्यक्ष समेत हुन ।

पत्रकार महासंघ मकवानपुरका पुर्व सचिव समेत रहेका दाहाल ७ वर्ष पछि पुन मुलधारको नेतृत्वमा आउन लागेका हुन् । श्रमजिवी पत्रकारहरुको रक्षाको लागि जुनसुकै भुमिका निभाउन तयार हुने पत्रकार दाहाल प्रेस चौतारीका केन्द्रीय सदस्य दाहाल मकवानपुरका इन्चार्ज समेत हुन् ।

उम्मेद्वारी घोषणा गर्दै दाहालले पत्रकार महासंघको मार्फत संस्थागत विकास र पत्रकारको अहिलेको आवश्यकता अनुसार काम गर्न आफुले नेतृत्वको लागि अवसर खोजेको बताए । उनले पद प्राप्ति मात्रै पत्रकार महासंघको अध्यक्ष नभई मकवानपुरका पत्रकारले छाम्दा भेटिने, बोल्दा सुनिने र हेर्दा देखिने नेतृत्व खोजेको भन्दै उम्मेद्वारी घोषणा गरेका हुन् । दाहाल अहिले पनि दैनिक रुपमा फिल्डमा भेटिने पत्रकारहरु मध्येमा पर्ने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here