मनहरी–निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन मनहरी गाँउपालिकाले ३ दिने शिक्षक क्षमता विकास तालिम सम्पन्न गरेको छ ।

प्याब्सन मनहरीमा आबद्ध ५विद्यालयबाट ३० जना शिक्षकहरुको उपस्थिति रहेको तालिममको समापन प्याब्सन मनहरी गाँउपालिकाका अध्यक्ष शिब कुमार रिजालको सभाध्यक्ष तथा मनहरी गाउँपालिका शिक्षा प्रमुख हरिचन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा भएको हो ।

रातो बंगला स्कूलमा समेत लामो समय प्रशिक्षकको रुपमा काम गर्नु भएकी सफला राजभण्डारीको सहजीकरणमा तालिम सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा जिल्ला प्याब्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदी, नगर अध्यक्ष राजकुमार नहर्की, अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष दिलबहादुर स्याङ्बो, नमूना शिशु सदनका प्रिन्सिपल ओम आलेमगर, रेड एन्जल एकेडेमीका सञ्चालक यदुनाथ श्रेष्ठ, युनाइटेड इंग्लिस सेकेन्डरी स्कुलका मातृका ढुंगाना, युनिभर्सल लर्निङ एकेडेमीका प्रिन्सिपल शुक्रबहादुर प्रजा लगायतको उपस्थिति रहेको थियो ।

तीन दिनसम्म चलेको तालिमको उद्घाट गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले गर्नु भएको थियो । तालिममा सहभागीहरुले बालबालिकाको शारीरिक, बौद्धिक र संवेदनात्मक विकास र बालमैत्री सिकाईका बारेमा प्रशिक्षण प्राप्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here