मनहरी-मनहरी ८ सिम्पानीमा भयानक दुर्घटना भएको छ । ट्रकको ठक्करले मोटरसाइकल चालकको ज्यान गएको छ । घटना बिहिवार साँझको हो ।

हेटौडाबाट नारायणगढ जाँदै गरेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ४५ प २४५ नं को मोटरसाइकललाइ किचेको हो। मोटरसाइकलमा सबार मनहरी ९ ज्यामिरे निवासी युवक जनक ढकालको घटनास्थमै ज्यान गएको ८ वडा सदस्य पुस्कर सुबेदीले बताउनु भयो । सुरुमा मृतकको पहिचान गर्न नसकिएपनि बुवा आमा आएर पहिचान गरेका थिए । ट्रकले किच्दा टाउको क्षतबिक्षत छ ।

अहिले राजमार्ग बन्द छ । स्थानीयले आक्रोश पोख्दै सडकमा टायर बालेका छन । सिम्पानीमा सडक कार्यालयले बाटो मर्मत गर्न लामो समयदेखि हेलचेक्र्याइँ गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here