मनहरी–मनहरी बजारमा पाँच दिनका लागि मोटरसाइकल एक्सचेन्ज अफर चलाइएको छ । यामाहा कम्पनीले एएस अटो सेन्टर मनहरीमा फागुन २ गतेबाट ७ गतेसम्मका लागि एक्सचेन्ज अफर चलाएको हो ।

एक्सचेन्ज अफर अन्तर्गत जुनसुकै कम्पनी वा ब्राण्डका मोटरसाइकल र स्कुटर ल्याएर नयाँ मोटरसाइकल लैजान सकिनेछ । पुरानो मोटरसाइकल मूल्यांकन गरी खरिद गरिने र नयाँ पठाइने व्यवस्था मिलाइएको सेन्टरका प्रोप्राइटर काजीराम बुढाथोकीले जानकारी दिनुभयो ।

पुराना मोटरसाइकल बेचेर नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकका लागि बैंकिङ व्यवस्था गरिएको छ भने नगद छुट समेत राखिएको बुढाथोकीले जानकराी दिनुभयो ।

जुनसुकै कम्पनीको जस्तोसुकै अवस्थाको पुरानो मोटरसाइकल तथा स्कुटरको एक्स्चेन्जमा पनि बजार मुल्यभन्दा थप १५००० बढि मुल्यांकन गरी नयाँ मोटरसाइकल उपलब्ध गराइने उहाँले बताउनुभयो । अहिले नयाँ मोटरसाइकल तथा स्कुटर खरिदमा कम्तीमा नगद ५ हजार छुट ग्यारेन्टी गरिएको छ ।

गत बर्ष स्थापना भएको ए एस अटो सेन्टरले अनुभवी मिस्त्रीहरुको साथमा मोटरसाइकल मर्मत सेवा, मोटरसाइकल पार्टस् सेवा तथा मोटरसाइकल बिग्रेकै ठाउँमा पुगेर बनाइदिने सेवा समेत दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here