मनहरी-मनहरी गाउँपालिकाले निर्माण गर्न लागेको पाँचवटा पुलमध्ये एउटाको बिहिबार सिलान्यास भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मनहरी गाउँपालिका ३ स्थित हाँडीखोलामा निर्माण हुने पक्की पुलको सिलान्यास गर्नु भएको हो ।

सिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री पौडेलले पुल निर्माणका लागि बागमती प्रदेश सरकारको तर्फबाट १ करोड ५० लाख रुपियाँ बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संघीयतापछि अब बिस्तारै विकासका कामहरुले देखिने क्रममा रहेको बताउनुभयो ।

एक स्पान पुलको लम्बाई ३५ मिटर रहेको छ भने चौडाई ७ मिटर रहेको छ । ५ करोड ३५ लाख ५१ हजार ५२५ रुपियाँ लगानीमा निर्माण सुरु भएको पक्की पुल निर्माणका लागि चालू आर्थिक बर्षमै प्रदेश सरकारबाट बजेट थप हुने प्रतिबद्धता आएकाले निर्धारित समयभन्दा अगावै पुल निर्माण सम्पन्न हुने अपेक्षा गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

उहाँका अनुसार ठेकेदार कम्पनीबाट आउँदो असारमै पुल हस्तान्तरण हुने गरी प्रतिबद्धता आएको छ । पुल सिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालसहित जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र स्थानीयबासिन्दाको सहभागिता रहेको थियो ।

गाउँपालिकाले साबिक हाँडीखोला गाविसतर्फ हाँडीखोलासहित ५ वटा पुल निर्माणका लागि ठेक्का प्रक्रिया पुरा गरी निर्माण सुरु गर्न लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here