मनहरी–मनहरी गाउँपालिका वडा नं ७ को बगर क्षेत्र र रमौली गाउँका आसपासका मध्यवर्ती क्षेत्रमा बाघ देखा परेको छ ।

पछिल्ला केही दिनयता बाघको आक्रमणबाट स्थानीय इश्वर राईको भैँसी, अर्का एक किसानको गाई र बाख्रा मारेको छ । दिनदहाडै बाघले पशुचौपाया मार्न थालेपछि स्थानीयबासिन्दा चिन्तिन बनेका छन् ।

यसैबीच मध्यवर्ती उपभोक्ता समितिले बाघको आक्रमणबाट बच्नका लागि ड्यामसाइडमा हुने गरेको मर्निङ वाकलाई रोक्न अनुरोध गरेको छ । समितिका अध्यक्ष पदमबहादुर तितुङले सार्बजनिक सूचना प्रकाशन गरी जंगली जनावरको आक्रमणबाट बच्नका लागि मर्निङ वाकमा जानेहरुलाई अन्यत्र जान वा रोकिन आग्रह गर्नु भएको छ । उहाँले आफ्ना पशुचौपायाहरु पनि चरणमा लगेर नभई घरमै बाँधेर पाल्नका लागि अनुरोध गर्नु भएको छ ।

‘बाघले मान्छेलाई पनि आक्रमण गर्न सक्छ’, अध्यक्ष तितुङले भन्नुभएको छ–‘ड्यामबाहिरको सिसौघारीतर्फ बाघ आउने जाने गरेको पाइएको छ ।’ सोही जंगलमा दुईबर्ष अघि मनहरी ७ कै एक महिलालाई बाघले मारेको थियो ।

यसैबीच मनहरी गाउँपालिका ५ बसन्तपुरमा हात्तीको आक्रमणबाट ७ वटा घर भत्किएका छन् । घरमा रहेको धान, मकै लगायत खाद्यान्न खानका लागि जंगली हात्तीले घर भत्काउँदा बस्तीमा आतङ्क फैलिएको स्थानीय युवा कृष्ण लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार गत मंसीर महिनादेखि नै हात्ती बस्तीमा आउन थालेको हो । स्थानीय हरि मिजार, साने मिजार, सुनिल मिजार लगायत स्थानीयबासिन्दाको घरमा रहेको खाद्यान्न झिकेर हात्तीले खाएको र घरमा क्षति पु¥याएको लामिछानेको भनाई छ ।

हरेक बर्ष पर्सा राष्ट्रिय निुकन्जबाट मध्यवर्ती क्षेत्रका बस्तीहरुमा हात्ती, गैँडा, बाघ, चित्तल, मृग, बँदेल लगायत वन्यजन्तु राप्ती खोला तरेर महेन्द्र राजमार्ग छेउका मध्यवर्ती क्षेत्रका बस्तीहरुमा आउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here