राक्सिराङ–राक्सिराङ गाउँपालिकाले नवौ गाउँसभाको अबसरमा पश्चिम मकवानपुरको मनहरीमा रही क्रियाशील सञ्चारकर्मी शिवकुमार काशीलाई सम्मान गरेको छ ।

नगद र प्रशंसापत्रसहित सञ्चारकर्मी काशीलाई बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङसहितले सम्मान र नगद प्रदान गर्नु भएको थियो ।

राक्सिराङ गाउँपालिकाको चेपाङ समुदाय र अन्य सामाजिक सुधारका बिषयमा योगदान गरेको भन्दै उहाँलाई सम्मान गरिएको हो । २०५८ सालदेखि पत्रकारितामा निरन्तर लागिरहनु भएका काशी अहिले रेडियो मनहरी एफएमका स्टेशन म्यानेजर, मनहरी लाइभ डटकमका सम्पादक र थाहादर्शन साप्ताहिक पत्रिकाका सम्पादक हुनुहुन्छ ।

सम्मानपछि थप उत्साह भरिएको र जिम्मेवारीबोध भएको उहाँले बताउनु भएको छ । गाउँसभामा अर्का पत्रकार श्रीराम दाहाल (अर्जुन) लाई पनि सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here