कैलाश –कैलाश गाउँपालिका वडा नं ७ का वडाध्यक्ष उदाश ब्लोनले आफ्नो नामसँग मिल्दोजुल्दो पक्राउ परेको बिषयलाई आफूलाई तनाव भएको बताउनु भएको छ ।
मनहरी लाइभ डटकमसँग कुराकानी गर्दै उहाँले शुक्रबार बिहान राक्सिराङ गाउँपालिका वडा नं २ र कैलाश गाउँपालिकाका समेत गरी ८ जना गाँजासहित पक्राउ परेको घटनासँग आफूलाई जोडेर चर्चा हुने गरेकोमा त्यसमा कुनै सत्यता नरहेको बताउनुभयो ।
उहाँले पक्राउ परेका ८ जनामध्ये एकजनाको नाम उदाश ब्लोन रहेकाले नाम जुध्नाले समस्या भएको बताउनुभयो । ‘मलाई धेरै ठाउँबाट फोन आइरहेको छ’, वडाध्यक्ष ब्लोनले भन्नुभयो–‘साथीहरु कोही पनि भ्रममा नपर्नुहोला, म गलत कार्यमा छँदा पनि छैन, प्रहरीले पक्रेको पनि छैन ।’