विरोध सभालाई सम्बोधन गर्नुहुँदै नेता बानियाँ ।

मनहरी–नेपाली काँग्रेसका सभापति तथा बागमती प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कम्युनिष्ट पार्टीले मत पाए पनि जनताको मन जित्ने गरी काम गर्न नसकेको बताउनु भएको छ ।

मनहरीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै पूर्व गृहराज्यमन्त्री समेत रहनु भएका बानियाँले गरिबका कुरा गर्ने कम्युनिष्टहरुले पुँजीपति बर्गलाई नै पालनपोषण गरेको आरोप लगाउनुभयो । उहाँले पहिलाका संविधानहरुमा संसद विघटनको अधिकार रहेपनि अहिले संविधानमा प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने अधिकार नरहेको बताउनुभयो ।

उहाँले संसद पुनस्थापना हुनुपर्ने माग समेत राख्नु भयो । कोरोना महामारीका बेला भ्रष्टाचार र अहिले प्रतिनिसभा भंग गरेर थप असंवैधानिक कदम चालिएपछि काँग्रेस चुप लागेर बस्न नसक्ने उहाँको भनाई थियो ।

प्रजातन्त्र र गणतन्त्रलाई समाप्त पार्ने गरी षड्यन्त्र हुन थालेपछि सरकार विरुद्ध काँग्रेस सडकमा आएको बानियाँको भनाई थियो ।
नेपाली काँग्रेस प्रदेश सभा ख का सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षतामा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा बागमती प्रदेश सांसद सन्तबहादुर चेपाङ, महासमिति सदस्य रन्जन कालाखेती, भरत पराजुली, उमा दाहाल लगायत जिल्ला समितिका सदस्यहरु, निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमअघि मनहरी ८ सिमपानीबाट मनहरी बजारसम्म ¥याली समेत प्रदर्शन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here