मनहरी–मनहरीका युवा व्यवसायी सगुन स्याङ्तान म्युजिक भिडियोमार्फत काँचको पर्दामा देखिनु भएको छ ।

सामाजिक र राजनीतिक अभियानमा समय दिँदै आउनु भएका स्याङ्तानको ‘के खानु कसम ?’ नामक म्युजिक भिडियो सार्बजनिक भएको हो । बिशाल काल्ताानको शब्द, संगीत र लय रहेको ‘के खानु कसम’ मा स्याङ्तानको मुख्य भूमिका रहेको छ ।

सामाजिक र राजनीतिक अभियानसँगै मोडलिङमा पनि रुचि देखाउँदै आउनु भएका स्याङ्तानले आगामी दिनमा नयाँ म्युजिक भिडियोहरु पनि निरन्तर बजारमा आउने जानकारी दिनुभएको छ । ‘मोडलिङ र कलाकारिता क्षेत्र मेरो शोखको क्षेत्र हो’, स्याङ्तानले भन्नुभयो–‘यसअघि पनि काँचको पर्दामा नआएको होइन, तर ‘के खानु कसम’ मा मुख्य भूमिकामै रहेर मोडलिङ गरेको छु ।’ उहाँले आफ्नो अभिनय र मिहेनतको दर्शकले पूरापूर मूल्यांकन गर्ने आशा ब्यक्त गर्नु भएको छ ।

सुमित लामाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा यङगी दोङ (तामाङ) ल े स्याङ्तानलाई साथ दिनु भएको छ । दुच्छे म्यूजिक क्रियशनबाट युट्युब च्यानलमा सार्वजनिक भएको यस गीतमा दिपेश प्रधानकोे अडियो मिक्सिङ र लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।

म्युजिक भिडियोमा चितवनको जेम्सवल्र्ड पार्क, कबिलास रिसोर्ट, टिकौलीको जंगल लगायतको सुन्दर दृष्यलाई छायांकारले मिहेनतका साथ उतार्नु भएको छ । म्युजिक भिडियो द मिरर युनिटले निर्माण गरेको मोडल स्याङ्तानले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here