मनहरी–मदन भण्डारी स्पोर्टस् एकेडेमी मनहरीले मनहरी ७ मा रहेको एफसी मनहरी अन्तर्गतको महिला फुटबल टिमलाई जर्सी र फुटबल हस्तान्तरण गरेको छ ।

महिला खेलाडीलाई प्रोत्साहन दिनका लागि एकेडेमीका तर्फबाट खेलसामग्री प्रदान गरिएको एकेडेमीका उपाध्यक्ष अभिषेक अधिकारीले बताउनुभयो ।

जर्सी र फुटबल हस्तान्तरण कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, खेलकुद विकास समितिका अध्यक्ष नवीन सुवेदी, सदस्य दीपेन्द्र अधिकारी, एकेडेमीका अध्यक्ष पुकार सुवेदी, प्रमुख सल्लाहकार सगुन स्याङ्तान लगायतको सहभागिता रहेको थियो ।

एकेडेमी मकवानपुर जिल्ला कमिटीसँगको सहकार्यमा खेलसामग्री बितरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here