मनहरी–आफ्ना पदाधिकारी र कर्मचारीका बिषयमा पछिल्ला दिनहरुमा सार्बजनिक भएका समाचारमा सत्यता नरहेको मनहरी गाउँपालिकाले स्पष्ट पारेको छ ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बिहिबार विज्ञप्ती प्रकाशन गर्दै मिडियाहरुमा सार्बजनिक भएका समाचारहरुमा सत्यता नरहेको बताउनु भएको छ । साथै समाचार प्रकाशन गर्दा सम्बन्धित पदाधिकारी र प्रतिनिधिहरु सोधखोज गरेर मात्रै सम्प्रेषण गर्न उहाँले आग्रह गर्नु भएको छ ।
अध्यक्ष उप्रेतीले स्वस्थ आलोचना र भूमिकाका लागि लागि सञ्चार माध्यमहरुसँग सदैब अपेक्षा रहेको पनि उल्लेख गर्नु भएको छ ।

गाउँपालिकामा कर्मचारीहरु र जनप्रतिनिधिहरुबीच विवाद भएको, उपाध्यक्ष मनिला बिष्टले राजीनामा दिएको लगायत समाचारहरु केही दिनदेखि प्रकाशन भइरहेको थियो । सोही घटनाक्रमलाई लक्षित गरी बिज्ञप्ती प्रकाशन गरी त्यस्ता समाचारहरुमा सत्यता नरहेको गाउँपालिकाले विज्ञप्ती प्रकाशन गरी स्पष्ट पारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here