मनहरी–प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाको संयोजकत्वमा गठित स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिले चार करोड रुपियाँ बराबरका विभिन्न योजनाहरु छनौट गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सांसद खतिवडाको संयोजकत्वमा बसेको बैठकले मकवानपुर क्षेत्र नं २ अन्तर्गत पर्ने मनहरी, राक्सिराङ, कैलाश, भीमफेदी, इन्द्रसरोबर, मकवानपुरगढी गाउँपालिकासहित हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकामा विभिन्न योजनाहरुका लागि रकम बिनियोजन गरेको हो । जस अनुसार कैलाश गाउँपालिकामा ५० लाख, राक्सिराङ गाउँपालिकामा ६० लाख, मनहरी गाउँपालिकामा ६० लाख, मकवानपुरगढी गाउँपालिकामा ४० लाख, भीमफेदी गाउँपालिकामा ५० लाख, हेटौँडा उपमहानगरपालिकामा ४० लाख र इन्द्रसरोबर गाउँपालिकामा ४० लाख बिनियोजन भएको छ ।

सबै स्थानीय तहका माग बमोजिम न्यायोचित ढंगले पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बिनियोजन भएको प्रतिनिधि सभा सदस्य खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक बर्षमा बजेट कार्यान्वयन भइसकेका स्थानीय तहलाई यस पटक बजेट बिनियोजनमा प्राथमिकतामा पारिएको छैन ।

समितिको बैठकमा निर्देशक समितिका सदस्य एबम् राष्ट्रिय सभा सदस्य रामनारायण विडारी र सचिव एबम् जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेलको उपस्थिति रहेको थियो भने जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी लगायत जनप्रतिनिधिहरु आमन्त्रित रहनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here