प्रहरीले ४६ किलोग्राम गाँजासहित कैलाश गाउँपालिका ७ का तीर्थराज चेपाङलाइ पक्राउ गरेको छ ।

मनहरी गाउँपालिका ८ बेलुवाबाट चेपाङलाइ आइतबार राति पक्राउ गरिएको हो । पक्राउ गरिएका चेपाङ र प्रहरीबिच जुधाजुध भएको थियो । सो क्रममा ५ पोका गाँजा र चेपाङलाइ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक बिनोद श्रेस्ठले जानकारी दिनुभयो । गाँजा ओसार पसारमा संलग्न अन्य ब्यक्तिहरु अटो चढेर भागेका थिए । उनीहरुको खोजी र अनुसन्धान भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here