मनहरी–पूर्व पश्चिम राजमार्गमा सबारी हाँक्ने चालकहरुको मनहरीमा निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय अन्तर्गतको मनहरी ट्राफिक कार्यालयको आयोजनामा स्वास्थ्य जाँच गरिएको हो । इलाका प्रहरी कार्यालय मनहरी अगाडिको राजमार्ग छेउमा भएको स्वास्थ्य जाँच कार्यक्रममा ४३ जना सबारी चालकको रक्तचाप नाप्ने तथा आँखाको जाँच गर्नेसहितका स्वास्थ्य समस्याहरुबारे परामर्श दिइएको ट्राफिक प्रहरी कार्यालय मनहरीका प्रमुख एबम् प्रहरी नायब निरीक्षक सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

खासगरी चालक स्वस्थ छन् कि छैनन् भन्ने कुराले सबारी दुर्घटना निर्भर हुने भएकाले स्वस्थ चालकले मात्रै सबारी हाँक्नुपर्ने भन्दै स्वास्थ्य जाँच कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य जाँच कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदी, इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भरतबहादुर दुरा, समाजसेवी नारायण उप्रेती लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here