बरामद गरिएको काठ र ट्रेक्टर ।

मनहरी–डिभिजन वन कार्यालय राप्ती मनहरीले बिना इजाजत चिरान काठ ओसार पसार गरिरहेको अबस्थामा ट्रेक्टरसहित दुईजनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

वन कर्मचारीले मनहरी गाउँपालिका ७ स्थित मनहरी पुलबाट चिरान काठसहित दुई जनालाई पक्राउ गरेको हो । हेटौँडाबाट मनहरी तर्फ लैजाँदै गर्दा २७३ थान चिरान काठसहित ट्रेक्टर चालक र सहयोगीलाई पक्राउ गरिएको डिभिजनल वन कार्यालय राप्तीका सहायक वन अधिकृत दिनेश हुमागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार ना ७ त २०८५ नं को ट्रेक्टरमा कटहर र आँप जातको चिरान काठ ढुवानी गरिरहेका चालक राक्सिराङ गाउँपालिका ४ का कुमार ब्लोन र सहयोगी मोरङ जिल्ला लेटाङ नगरपालिका २ का सामेल राईलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका ब्लोन र राईलाई ट्रेक्टर र काठसहित डिभिजन वन कार्यालय मनहरीको हिरासतमा राखिएको छ । आइतबार म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइने सहायक वन अधिकृत हुमागाईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here