मनहरी–कोभिड १९ संक्रमण गाउँपालिकाका कर्मचारीहरुलाई पनि निरन्तर देखा परेपछि मनहरी गाउँ कार्यपालिकाको कार्य सम्पादन पाँच दिनका लागि बन्द हुने भएको छ ।

शनिबार सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले असोज २५ गतेदेखि ३० गतेसम्म गाउँपालिकाको रजैयास्थित कार्यपालिका भवन बन्द रहने जानकारी दिनुभयो ।

असोज २२ गते लिइएको स्वाबको नतीजामा केही कर्मचारीहरु र स्थानीय व्यक्तिहरुमा समेत पोजेटिभ देखिएकाले कार्यालय बन्द गर्नुपरेको भन्दै कार्यालय बन्द हुँदा जनमानस र सेवाग्राहीहरुमा पर्न गएको असुविधाप्रति गाउँपालिकाले क्षमा मागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here