मनहरी–मनहरी बजारबाट चैनपुर जोड्ने सडकखण्डको आँपखोल्सीमा फेरि पहिरोले अबरोध गरेको छ ।
सोमबार रातिको पहिरोले पुलमा अबरोध भएको राक्सिराङ गाउँपालिका ४ नं वडाध्यक्ष सञ्जय कोइरालाले बताउनुभयो ।
पहिरोसँगै आएको चट्टान पुलमा बजारिँदा पुलको स्ल्याबसमेत सरेको पाइएको छ । गत बर्ष मात्रै बनेको उक्त पुल यसअघि पनि ठूलो पहिरो आएपछि १ महिना अबरोध भएको थियो ।
स्ल्याब नै सरेर जोखिम देखिएकाले प्राविधिकहरुले हेरेर मात्रै पुल सञ्चालन गर्न सकिने अबस्था रहेको वडाध्यक्ष कोइरालाले बताउनुभयो ।