मनहरी–सिमपानी देवकोट सरिखेत खण्डमा पर्ने राक्सिराङ गाउँपालिका ३ सरिखेतस्थित चुर्लिङ खोलामा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ ।

डिभिजन सडक कार्यालय हेटौँडाले चुर्लिङ खोला पक्की पुल निर्माणका लागि सोमबार नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी ठेक्का प्रक्रिया अघि बढाएको हो । प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाले पुल निर्माणका लागि निरन्तर पहल गरिरहनु भएको थियो । सो क्रममा यस क्षेत्रका प्रदेश सांसदसहितका जनप्रतिनिधिहरु र प्राविधिकहरुले फिल्ड अनुगमन गर्ने लगायतका कामहरु सम्पन्न भइसकेको अबस्था छ ।

सरिखेत बसपार्क नजिकै बन्न लागेको पक्की पुलको लम्बाई ८० मिटर र चौडाई १० मिटर रहने डिभिजन सडक कार्यालय हेटोँडाले जानकारी दिएको छ । पुल बन्ने प्रक्रिया अघि बढेको र अब चुर्लिङ खोलाका समस्याका कारण जनताले दुःख भोग्नुपर्ने दिन सकिन लागेको सांसद खतिवडाले प्रतिक्रिया दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here