मनहरी–मनहरी गाउँपालिकामा संकलन भएको ६० वटा स्वाबमध्ये एकै दिन २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

सोमबार मंगलबार सार्बजनिक भएको रिपोर्ट अनुसार कोरोना संक्रमण मनहरी गाउँपालिका वडा नं ८ को सिमपानी र वडा नं ६ को लोथरमा देखिएको छ ।

मनहरी ८ स्थित आइसोलेसन इन्चार्ज ज्योतिराज लुइटेलका अनुसार संक्रमित २५ जनामध्ये २२ जना वडा नं ८ कै छन् । वडा नं ७ का एक पुरुष, वडा नं ६ का पुरुष र राक्सिराङ गाउँपालिकाका पुरुषसहित कूल संक्रमित संख्या २५ पुगेको हो ।

सिमपानीस्थित संक्रमितहरु एकै घरका ३ जनासम्म रहेका छन् । वडा नं ८ मा कोरोना संक्रमित भएकाहरुमा १ र ५ बर्षका बालक पनि छन् । संक्रमितहरुमा वडा नं ८ का १३, २१, २२, २७, ३०, ३२, ३९, ५६ र ६० बर्षका महिला छन् ।

त्यसैगरी १, ५, २१, २२, २३, २९, ३२, ३३, ४२, ४८ र ५२ बर्षका पुरुषहरुमा कोरोना संक्रमण देखिएको छ ।

अत्यधिक कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राख्ने ठाउँको अभाव भएको छ । होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाउने तयारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here