मनहरी–मनहरी गाउँपालिका ८ सिमपानीमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा ६८ बर्षीय पुरुष रहेका छन् ।

दम लगायत रोगबाट पीडित उहाँ दुईदिनदेखि बिरामी हुनुहुन्थ्यो । अकस्मात सोमबार बिहान घरमै ढलेका उहाँको मृत्यु समेत भएपछि स्वाब संकलन गरी हेटौँडास्थित प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो । परिक्षणका क्रममा उनको स्वाबको नतिजा पोजेटिभ आएको मनहरी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

उहाँसँगै मकवानपुरमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । मनहरी गाउँपालिकामा भने मृत्यु भएका ब्यक्तिमा कोरोना देखिएको यो पहिलो घटना हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here