राक्सिराङ–राक्सिराङ गाउँपालिका वडा नं ५ जिर्खीमा रहेको प्रस्ताबित लालपार्कमा समेत सुटिङ गरिएको म्युजिक भिडियो बुधबार सार्बजनिक भएको छ ।

युवा गीतकार तथा गायक आशिष अस्लामीको म्युजिक भिडियो ‘तिम्रो माया’ युट्युमा सार्बजनिक गरिएको हो । कलाकार भुपेन्द्र राना र रिता केसी अभिनित म्युजिक भिडियोमा केही दृष्य राक्सिराङस्थित लालपार्कको राखिएको छ । जिर्खीखोलाको जलाधार क्षेत्रमा पर्ने रातो पहाडलाई राक्सिराङ गाउँपालिकाले ‘लालपार्क’ नामाकरण गरी पर्यटकीय स्थलको रुपमा विकास गर्ने तयारीका साथ डिपिआर गरिरहेको छ । सोही पार्कमा गायक तथा कलाकार आशिष अस्लामी र रिता केसीले गीतमा दृष्य भर्नु भएको छ ।

‘आफ्नै गाउँ परिवेशलाई भिडियोमा उतार्ने प्रयास गरेको हुँ’, मनहरीलाइभसँग कुराकानी गर्दै गायक तथा मोडल अस्लामी भन्नुहुन्छ–‘दामन, हेटौँडा, दामन, चित्लाङ, भीमफेदी लगायतका स्थानहरुको प्रबद्र्धन पनि गरेका छौँ ।’ आफ्नो भिडियोले पर्यटन प्रबद्र्धन समेत गरोस् भन्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।

भिडियोमा अभिनय गर्ने भुपेन्द्र राना र केसी दुबै नयाँ कलाकार हुन् । भिडियोको कथाबस्तु पनि अस्लामीले नै तयार पार्नु भएको हो । हेटौँडास्थित एनएमआई प्रोडक्शन स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो निर्देशन र एडिट एजे टिम हेटौंडाका अजय वाइबाले गर्नु भएको हो ।

यसअघि अस्लामीले ४ वटा म्युजिक भिडियो बजारमा ल्याइसक्नु भएको छ । उहाँ स्काउट, नेपाल मगर संघलगायत विभिन्न सामाजिक संघसंस्थाका आबद्ध रही सामाजिक अभियन्ताको रुपमा पनि मकवानपुरमा परिचित हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here