मनहरी–मनहरी बजारमा किराना पसल सञ्चालन गर्दै आइरहेका दुईजनासहित चारजना कोरोनामुक्त भएका छन् ।

केहीदिनअघि भएका स्वाब परिक्षणमा मनहरी बजार क्षेत्रकासहित ८ जनामा कोरोना संक्रमण देखिएपछि मनहरी बजार सिल गरिएको थियो ।

कोरोनामुक्त हुनेमा ३३/३३ बर्षका दुईजना किराना व्यवसायी, ३५ बर्षकी राक्सिराङ ५ की एक महिला र ४५ बर्षका तरकारी व्यवसायी रहेका छन् ।

उनीहरुसँगै कोरोना देखिएका अन्य चारजनाको स्वाब परिक्षण गर्दा पुनः पोजेटिभ देखिएको र नेगेटिभ देखिएकाहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको स्वास्थ्य संयोजक टिकाराम अधिकारीले बताउनुभयो ।

मनहरी गाउँपालिकामा हालसम्म २१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएकोमा यसअघि १३ जना निको भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here