मनहरी–साउन ३२ गते भएको स्वाब संकलनको नतिजा सार्बजनिक भएको छ । मनहरी ७ स्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट संकलित स्वाब परिक्षण गर्दा ८ जनामा कोरोना देखिएको हो ।

कोरोना संक्रमण देखिएकाहरुमा मनहरी बजारमै तरकारी पसलमा काम गर्ने ५५ र ४५ बर्षका दुई पुरुष, किराना पसलमा काम गर्ने ३३/३३ बर्षका दुईजना पुरुष, नेपाल विद्युत प्राधिकरणमा काम गर्ने ४० बर्षका अर्का पुरुष र अन्य २१, २४ र ३५ बर्षका महिला रहेका छन् ।

उनीहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ भने गाउँपालिकाले मनहरी बजार सिल गर्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here