मनहरी–साउन ३२ गते मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा संकलन भएका ३६ जनाको स्वाब परिक्षण भएको छ । तर, स्वाबको रिपोर्ट सार्बजनिक गरिएको छैन ।

स्रोतका अनुसार केही व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएकाले आधिकारिक रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट नै रिपोर्ट सार्बजनिक गर्ने तयारी भएको बताइएको छ ।
मनहरीका तरकारी पसल, मेडिकल, किराना पसल, पेट्रोल पम्पका कर्मचारी, पत्रकार र व्यवसायीका गरी ३६ जनाको स्वाब संकलन गरिएको थियो । भोलि मात्रै रिपोर्ट मन्त्रालयले सार्बजनिक गर्ने तयारी गरेको जानकारी आफूले पाएको मनहरी गाउँपालिका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here