मनहरी–कोभिड १९ को बढ्दो संक्रमणका कारण देशका विभिन्न भागहरुमा निषेधाज्ञा र लक डाउन जारी भएको अबस्थामा अनलाइन माध्यमबाट हेटौँडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

जेसीआई हेटौँडा र नेपाल बुद्धिचाल संघ मकवानपुर शाखाको संयुक्त आयोजनामा राष्ट्रब्यापी बुद्धि चाल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितालाई जेसिआई हेटौंडा राष्ट्रव्यापी अनलाइन बुद्धिचाल प्रतियोगिता २०२० नामाकरण गरिएको छ ।

प्रतियोगिता आउँदो भदौ १३ गते शनिबार दिउँसो २ बजे आयोजना गरिने तयारी भएको नेपाल बुद्धिचाल संघ जिल्ला शाखा सचिव नरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
१०० जना खेलाडीभन्दा बढी प्रतियोगीहरु सहभागी हुने प्रतियोगितामा विभिन्न विधाहरुमा गरी कूल पुरस्कार राशि २१ हजार ५ सय रहेको छ । अनलाइन प्रतियोगितामा यो सर्बाधिक राशि मानिएको आयोजकले जनाएको छ । स्विसलिगको आधारमा ११ राउण्ड खेल सबै खेलाडीहरुले खेल्ने बताइएको छ ।

पुरस्कार तथा खेलाडी दर्ता लगायतका आर्थिक कारोबारहरु इसेवा र खल्ती लगायत अनलाइन कारोबार गर्ने एप्सहरुमार्फत सहज बनाइएको आयोजकले जनाएको छ । प्रतियोगितामा २४ जना खेलाडीले विभिन्न विधाहरुमा पुरस्कार प्राप्त गर्नेछन् । जेसीआई हेटौँडाको सप्ताव्यापी कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको जेसीआई हेटौँडाका कार्यक्रम संयोजक विकेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here