मनहरी–मनहरी गाउँपालिकाले निषेधाज्ञाका पालना गरी सिर्जनात्मक ढंगले चाडपर्व मनाउन महिलाहरुलाई अपिल गरेको छ ।

सार्बजनिक सूचना जारी गर्दै उसले कोभिड १९ को संक्रमण बढिरहेको सन्दर्भमा बिगतमा झैँ मठ मन्दिरमा नगईकन घरमै बसेर सिर्जनात्मक तरिकाले तीज मनाउन भनिएको छ । ‘इन्टरनेट, सामाजिक सञ्जाल, एसएमएस लगायत माध्यमबाट शुभकामना साँटासाँट गरी सिर्जनात्मक रुपमा तीज मनाउनू’, सूचनामा भनिएको छ ।

अध्यक्ष एकराज उप्रेतीद्वारा हस्ताक्षरित सूचना निषेधाज्ञा पूर्ण रुपमा पालना गरी भीडभाड हुने काम नगर्न समस्त गाउँपालिकाबासीसामु आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here