मनहरी–पछिल्लो २४ घण्टाभित्र मृत्यु भएका हेटौँडा उपमहानगरभित्रका दुईजनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ ।

मृत्यु भएका एक बृद्ध र अर्की बृद्धामा कोरानो संक्रमण देखिएको हो । हेटौँडा उपमहानगरपालिका वडा नं १ चौकीटोलका एक बृद्ध र हेटौँडा उपमहानगरपालिका वडा नं १९ मा अर्की एक बृद्धाको पछिल्लो २४ घण्टायता मृत्यु भएको थियो । मृत्युपश्चात सार्बजनिक भएको स्वाब परिक्षण नतिजामा दुबैमा कोरोना पुष्टि भएको स्वास्थ्य संस्थाहरुले जानकारी दिएका छन् ।

हेटौँडा १ का ६१ बर्षीय पुरुष वृद्धको मंगलबार राति निधन भएको थियो । उनी मृगौला, उच्च रक्तचाप लगायत दीर्घरोगीका रुपमा उपचाररत थिए । मृत्युअघि नै स्वाब संकलन गरिएपनि परिक्षणको क्रममै रहेका बेला उनको मृत्यु भएपछि सार्बजनिक परिक्षण नतिजामा कोरोना संक्रमण देखिएका हेटौंडा ४ स्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

यता तीनमहिनादेखि कलेजोको क्यान्सरबाट पीडित भई चितवनस्थित मेडिकल कलेजमा उपचारका लागि लगिएकी हेटौँडा उपमहानगरपालिका वडा नं १९ सान्ननटारकी ६२ बर्षीया बृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनुअघि निकालिएको स्वाब परिक्षण नतीजा पोजेटिभ आएको जानकारी मेडिकल कलेजले दिएको हेटौँडा उपमहानगरपालिका १९ नं वडाध्यक्ष नवराज सुवेदीले बताउनुभयो । मंगलबार बिहान ७ बजेतिर मृत्यु भएकी बृद्धाको दिउँसो परम्परा अनुसार सद्गद् गरिएको थियो । शवको सद्गद् गरिसकेपछि बुधबार बिहान मात्रै मेडिकल कलेजले स्वाब परिक्षणमा कोरोना भेटिएको जानकारी गराएपछि समाजमा त्रास फैलिएको वडाध्यक्ष सुवेदीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here