मनहरी–मकवानपुरमा कोरोना संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले साउन २६ गते राति १२ बजेदेखि साउन ३२ गते राति १२ बजेसम्मका लागि मनहरी गाउँपालिकाको पूर्व पश्चिम महेन्द्र राजमार्गको दायाँ बायाँ ५ सय मिटर क्षेत्र र हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अबधिमा गर्न मिल्ने र नमिल्ने कुराहरु यस प्रकार छ ।

–निषेधाज्ञा अबधिभर औषधी उपचार र खाद्यबस्तु किन्ने कार्यका लागि बाहेक कोही पनि व्यक्ति घरबाहिर ननिस्कनुहोला ।

–एम्बुलेन्स, बिरामी बोकेका सबारी साधन, खाद्य बस्तु, दूध, तरकारी, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने सबारी, शव बाहन, फोहर मैला व्यवस्थापन गर्ने सबारी साधन, पशुपंक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सबारी तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट प्राप्त भएका सबारी पास रहेका गाडीहरुबाहेक अन्य कुनै पनि सबारी साधनहरु सञ्चालनमा रोक लगाइएको छ ।

–निषेधाज्ञाका बेला पनि खाद्यान्न पसल, पेट्रोल पम्प, ग्याँस डिपो र औषधी पसल बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्न पाइनेछ ।

–निषेधाज्ञाका बेला अत्यावश्यक सेवाबाहेकका सरकारी तथा निजी कार्यालयहरु, गैरसरकारी संस्थाहरु, बैँक तथा बित्तीय संस्थाहरु एबम् सहकारीबाट प्रदान हुने सबै कार्यालयहरु बन्द हुनेछन् ।
–धार्मिक, सांस्कृतिक विवाह, ब्रतबन्ध लगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु पूर्ण रुपमा बन्देज गरिएको छ ।

–निषेधाज्ञाका बेला पनि पूर्व पश्चिम राजमार्गको मुल सडकबाट मालबाहक ढुवानी साधनहरु भने सुचारु हुनेछन् ।

–निषेधाज्ञा अबधिमा पनि उद्योग कलकारखानाका मजदुर र कर्मचारीहरु बाहिर नजाने वा उद्योग परिसरमै क्वारेन्टिनमा रहने गरी उद्योग सञ्चालन गर्न सकिनेछ ।

कोरोना संक्रमण रोक्न जारी गरिएको निषेधाज्ञा अबधिमा घरबाट बाहिर ननिस्कनु होला । अत्याबश्यक काम परेमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित वडा कार्यालयका जनप्रतिनिधिहरुसँग समन्वय गर्नुहोला ।

(मनहरी गाउँपालिकाले आम जनताका लागि जारी गरेको सार्बजनिक सूचनामा आधारित ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here