मनहरी–बागमती प्रदेश सभाका सदस्य सन्तबहादुर चेपाङले चितवनमा नेपाली सेनाबाट कुटपिटपछि मृत्यु भएका चेपाङका परिवारलाई उचित क्षतिपूर्तिसहित दोषीमाथि कारबाहीको माग गर्नु भएको छ ।

उहाँले शनिबार बिज्ञप्ती प्रकाशन गरी संघीय सरकार र बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

उहाँले शनिबार बिज्ञप्ती प्रकाशन गरी संघीय सरकार र बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको हो । चितवन जिल्ला राप्ती नगरपालिका वडा नं २ बस्ने २४ बर्षीय राजकुमार चेपाङलाई चितनव राष्ट्रिय निकुन्जमा माछा मार्न गएका बखत नियन्त्रणमा लिई मरनासन्न हुने गरी कुटपिट गरी छाडिएको र उहाँको उपचारको क्रममा मृत्यु भएको घटनाले आदिबासी जनजातिको प्राकृतिक स्रोतको उपभोग गर्न पाउने अन्तर्राष्ट्रिय मान्यताको विपरित रहेको सांसद चेपाङले बताउनुभएको छ ।

उहाँले नेपालको संविधान २०७२ मा मानव स्वतन्त्रता, मौलिक हकको व्यवस्था भएपनि सो कार्यान्वयन नभएको भन्दै दोषीमाथि कारबाहीको माग गर्नु भएको हो । घटनाको छानबीन हुनुपर्नेमा पनि उहाँले जोड दिनु भएको छ ।

संघीय संसद र सातवटा प्रदेशमा गठित प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुमध्ये सन्तबहादुर चेपाङ एकमात्रै चेपाङजातिबाट प्रतिनिधित्व गर्ने सांसद हुनुहुन्छ । उहाँ सांसद हुनुअघि मकवानपुरको राक्सिराङ गाउँपालिका कार्यपालिका सदस्य तथा नेपाल चेपाङ संघ जिल्ला अध्यक्ष पनि हुनुहुन्थ्यो । हाल संघको केन्द्रीय सदस्य रहनु भएका चेपाङ राक्सिराङ गाउँपालिकाको ७ नं वडामा चेपाङ उद्गम क्षेत्र धिराङ निबासी हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here