मनहरी–मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति अन्तर्गतको महिला उद्यमी विकास समितिको नयाँ नेतृत्व चयन भएको छ ।
समितिको अध्यक्षमा लक्ष्मी प्रजा चुनिनु भएको छ । त्यसैगरी उपाध्यक्षमा तारा रिजाल सुवेदी, सचिवमा अम्बिका बर्ताैला र कोषाध्यक्षमा गंगा पाठक चुनिनु भएको छ ।
मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको नयाँ भवनमा समितिको अधिवेसन भएको हो । अधिबेसनका क्रममा मकवानपुर उद्योग बाणिज्य संघका पदाधिकारीहरु र महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।