बृक्षरोपण गर्दै उपभोक्ताहरु ।

मनहरी–अतिक्रमित वन क्षेत्रलाई फिर्ता ल्याएर मनहरी ९ स्थित ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूहले बृक्षरोपण गरेको छ ।

शिवहरिडाँडामा भएको अतिक्रमित क्षेत्रमा आँप, लिची, एभोकाडो लगायत १५० थान फलफलुका बिरुवा रोपिएको समूहका अध्यक्ष दीपक पुलामीले बताउनुभयो । बृक्षरोपण गरिएको क्षेत्र अतिक्रमण गरी प्लटिङ समेत गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको स्थान हो ।

अख्तियार तथा राप्ती डिभिजन वन कार्यालयको छानबीनपछि फिर्ता आएको जग्गामा बृक्षरोपण गरिएको हो ।
समूहले विभिन्न क्षेत्रमा बृक्षरोपणका कामहरु गरिरहेको समूहले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here