गाउँसभामा छलफलमा सहभागी हुँदै ९ नं वडाध्यक्ष सुमन लटौलासहित जनप्रतिनिधि ।

कैलाश– कैलाश गाउँपालिकाको गाउँसभामा पेस गरिएको नीति तथा कार्यक्रम स्वीकृतिसँगै योजना तर्जुमा र बजेट बिनियोजन कार्य सम्पन्न भएको छ । कैलाश गाउँपालिले आर्थिक बर्ष २०७७/७८ का लागि ४३ करोड ७२ लाख ५९ हजार ७ सय ४० रुपियाँको बजेट तर्जुमा गरी पारित गरेको हो ।

असार १० गते सुरु भएको गाउँसभा असार १५ गतेका दिन भब्यताका साथ सम्पन्न गरिएको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम पारित भएपछि बिषयगत समितिहरुको बैठक, योजना तर्जुमा समितिको बैठक र कार्यपालिकाको बैठक बसेर गाउँसभामार्फत उल्लेखित समितिले दिएका सुझावहरुको कार्यान्वय गरी पारित गरिएको अध्यक्ष मुक्तानले बताउनुभयो ।

मकवानपुरका ८ वटा गाउँपालिकामध्ये आगामी आर्थिक बर्षका लागि प्रस्तुत बजेट, नीति कार्यक्रम पारित गर्ने पहिलो गाउँपालिकाको रुपमा कैलाश गाउँपालिकाले नाम दर्ज गरेको छ । १० स्थानीय तहमध्ये यसअघि हेटौँडा उपमहानगरपालिकाले पनि नगर सभा सम्पन्न गरिसकेको जनाएको छ । चालू आर्थिक बर्ष २०७६/७७ का गाउँपालिकामा अघिल्लो आर्थिक बर्षमा पेस भएको नीति कार्यक्रम तथा बजेटमा विवाद भएपछि बहुमतका आधारमा पारित गरिएको थियो । तर, यसबर्ष सर्बसम्मत रुपमा बजेट तथा नीति कार्यक्रम पारित भएको अध्यक्ष मुक्तान बताउनुहुन्छ । कानूनी प्रावधान अनुसार असार १० गते गाउँसभा सुरु भई असार मसान्तसम्ममा अधिवेसन चलाएर समापन गर्नुपर्दछ ।

गएको जेठ १५ गते सोलार सिस्टममा आगलागी भई गाउँपालिकाको प्रशासनिक भवन जलेर नष्ट भएपछि विद्यालयमा कार्यालय सञ्चालन गरिएको अबस्था छ । नीति कार्यक्रम तथा बजेट पारित भएपछि अब नयाँ आर्थिक बर्षको सुरुदेखि नै धमाधम काम सुचारु हुने अध्यक्ष मुक्तानले जानकारी दिनुभयो ।

बजेट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

http://kailashmun.gov.np/content/%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AD-%E0%A4%85%E0%A4%B7%E0%A4%BE%E0%A4%A2-%E0%A5%A7%E0%A5%AB-%E0%A4%97%E0%A4%A4%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%9B%E0%A5%88%E0%A4%A0%E0%A5%8C%E0%A4%82-%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%B8%E0%A4%AD%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%AE-%E0%A4%9A%E0%A4%B0%E0%A4%A3%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A3%E0%A4%AF?fbclid=IwAR2h-16D6Pjyj0aawVqlJbdcyDoQ_JyuGJWoA9b-OQeVakjVXPmZFOJs6Ug

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here