शसस्त्र प्रहरीले उपलब्ध गराएर अन्नपूर्ण पोष्टको अनलाइनमा छापिएका पक्राउ परेकाहरुको तस्वीर ।

मनहरी–गाँजा ओसार पसारमा संलग्न रहेको भन्दै मनहरी गाउँलिका ६ का पाँच जनालाई पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं ४ नयाँबस्तीबाट पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरुमा ५० वर्षीय धनबहादुर तामाङ, २० वर्षीय रामबहादुर तामाङ, ४३ वर्षीय मङगल सिंह रुम्बा, २१ वर्षीय सुवास तामाङ र २२ वर्षीय सुमन तामाङ रहेका छन् । मकवानपुरको मनहरीबाट गाँजा ल्याएर पर्साको ठोरी गापा ४ नयाँवस्तीमा कारोबारीलाई गाँजा जिम्मा लगाएर अटो रिक्सामा फर्कंदै गरेका बेला उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक सिंहवीर मल्लले बताए ।

ठोरी ४ निर्मलबस्तीमा अटो रिक्सामा चढेर फर्कंदै गरेका उनीहरुलाई शंका लागेर सोधपुछ गर्दा गाजा ओसार पसारमा संलग्न रहेको खुलेपछि नियन्त्रणमा लिइएको मल्लले जानकारी दिए । उनीहरुको साथबाट एक थान खुकुरी, एक थान खुर्पा, एक थान तराजु, ५ थान मोबाइल सेट, ३ थान टर्चलाईटका साथै नगद ४४ हजार १ सय १० रुपैयाँ पनि बरामद भएको मल्लले बताए ।

नियन्त्रणमा लिइएका पाँचै जनालाई आवश्यक कारबाही र अनुसन्धानका लागि प्रहरी चौकी सुवर्णपुरमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक मल्लले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here